Prakash Adhikari August 2, 2023

काठमाडौ, १७ श्रावण। प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त हुनुभएको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए ।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको छ ।

नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बै‌कले जनाएको छ ।

Share Now

Leave a comment.