काठमाडौं, २० श्रावण(बीबीसी) । सुदूर अन्तरिक्षमा अवस्थित एउटा ताराको ‘अन्तिम अवस्था’का अद्भुत तस्बिरहरू जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्यूएसटी) ले खिचेको छ।
ती तस्बिरमा ‘रिङ नेब्यला’ भनिने उज्यालो ग्यासको सेलजस्तो आकृति स्पष्ट रूपमा देखिन्छ।
उक्त नेब्यला अर्थात् निहारिका पृथ्वीबाट २,६०० प्रकाशवर्ष टाढा छ। एउटा मृतोन्मुख ताराका बाह्य तहहरू अन्तरिक्षमा उछिट्टिएपछि त्यो नेब्यला बनेको थियो।
ती तस्बिरहरूबाट ताराको जीवनचक्र बुझ्न महत्त्वपूर्ण जानकारी प्राप्त हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।
नेब्यलाको विस्तृत र रङ्गीन आवरणबाहेक ती तस्बिरमा नेब्यलाको बीचमा अवस्थि ह्वाइट ड्वार्फ वरिपरि रहेको भित्री भाग पनि स्पष्ट रूपमा देखिने डा. माइक बार्लोले बताउनुभएको छ।
उहाँ ती तस्बिरहरू सार्वजनिक गर्ने वैज्ञानिक टोलीका सहप्रमुख हुनुहुन्छ।

जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डका अद्भुत तस्बिरहरू खिचेको छ
“हामी एउटा ताराको जीवनका अन्तिम चरण देखिरहेका छौँ -यो भविष्यमा सूर्यले भोग्नुपर्ने नियतिको पूर्वावलोकन हो। जेम्स वेबले खिचेका तस्बिरबाट विस्मयकारी ब्रह्माण्डीय घटनाहरू हेर्न एउटा झ्याल खुलेको छ।”
“हामी ‘रिङ नेब्यला’लाई ‘प्ल्यानिटरी नेब्यली’ कसरी बन्छन् र विकसित हुन्छन् भनेर अध्ययन गर्ने प्रयोगशाला बनाउन सक्छौँ।”

‘ब्रह्माण्डको सुरुवाततिरको स्पष्ट दृश्य देखिने तस्बिर’
उन्नाइसौँ शताब्दीमा तिनको वक्राकृति देखेर खगोलशास्त्री विलिअम हर्शलले नेब्यलाहरूलाई ग्रह भन्ठान्नुभएको थियो ।त्यसैले तिनलाई ‘प्ल्यानिटरी नेब्यली’ सङ्ज्ञा दिइएको थियो।
तीमध्ये रिङ नेब्यला धेरै चिनिएको छ। यो ुलाइराु नक्षत्रमण्डलमा पर्छ र पृथ्वीबाट गर्मीयामभरि देखिन्छ।
यदि कुनै अन्तरिक्षयान प्रकाशको गतिमा पुग्यो भने त्यसले अन्तरिक्षको यो भागको यात्रा गर्न त्यसलाई २४० वर्ष लाग्छ
यदि कुनै अन्तरिक्षयान प्रकाशको गतिमा पुग्यो भने त्यसले अन्तरिक्षको यो भागको यात्रा गर्न त्यसलाई २४० वर्ष लाग्छ
कसरी बन्यो यो रिङ नेब्यला ?
मृत्युवरण गर्ने क्रममा रहेको कुनै एउटा तारामा रहेका धेरै पदार्थहरू अन्तरिक्षमा हुत्तिँदा विभिन्न प्रकारका आकृतिहरू, चम्किला घेराहरू र बाहिरतिर तरङ्गजसरी फैलिएका त्यान्द्राजस्ता देखिने बादलहरू बने।
“यी तस्बिरमा विस्तृत रूपमा देखिने कुराहरूका कारण हामीहरू अचम्भीत छौँ। ती पहिलाका भन्दा निकै राम्रा छन्”, यूनिभर्सिटी अफ म्यान्चेस्टरमा खगोलीय भौतिकशास्त्र प्राध्यापन गर्ने अल्बर्ट जिल्स्टराले भन्नुभयो, “हामीलाई प्ल्यानिटरी नेब्यली सुन्दर हुन्छ भन्ने सधैँ थाहा थियो। अहिले हामीले जे देख्न पाएका छौँ, त्यो मनमोहक छ।”


















