Prakash Adhikari August 10, 2023

काठमाडौं, २६ श्रावण । लक्ष्मी सनराईज बैंकद्धारा प्रर्बद्धित सनराई क्यापिटल र सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा भएको छ ।

लक्ष्मी सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनालेआर्थिक वर्ष २०७९÷०८० का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६% का दरले हुन आउने रकम रु.१३,७६,००,०००।– (अक्षरुपी तेह्र करोड छयत्तर लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराउदछौं ।

क्यापिटलले ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले विगत ३ वर्षमा ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ ।

सन्राइज क्यापिटलको लाभांश ३० प्रतिशत

लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेडलेआफ्ना गत आर्थिक बर्षको प्रतिफल घोषणा गरेको छ ।

ेकमलपोखरीस्थित कम्पनीको र्यालयमा यही श्रावण २५ गते बसेको संचालक समितिको १३२ औ बैठकले सो निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷०८० को बासलात नाफा नोक्सान हिसाव सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

निकट भविष्यमा हुने १३ औ वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात कम्पनीले आफ्नो शेयरधनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले नगद लाभाशँ वितरण गर्ने छ ।

 

Share Now

Leave a comment.