
काठमाडौँ, ३० साउन : पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु ५ ले बढाएर मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु १७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ .५ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३ .८५ र ११. २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।