Prakash Adhikari September 2, 2023

एजेन्सी – भारतले एसिया कपमा पाकिस्तानविरुद्ध चौथो विकेट गुमाएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १८ औं ओभरको अन्त्यमा ४ विकेट गुमाउँदै ९२ रन बनाएको छ ।

भारतका प्रमुख ब्याटर विराट कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।

अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको तेस्रो बलमै अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । रोहितले २२ बलमा २ चौका हाने ।

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । रौफको दशौं ओभरको पाँचौं बलमा श्रेयस ऐर मिड विकेटमा उत्कृष्ट आउट आउटको शिकार हुन पुगे । ऐरले ९ बलमा २ चौका प्रहार गरे ।

१५ औं ओभरको पहिलो बलमा भारतका शुभमन गिललाई पाकिस्तानी खेलाडी हरिस रौफले १० रनमा आउट गरेका छन् ।

अहिले क्रिजमा इशन किसन र हार्दिक पाण्ड्या खेलिरहेका छन् ।

भारत र पाकिस्तानको राष्ट्रिय प्रतिष्ठा बनेको यस खेलमा पाकिस्तानी खेलाडीहरुको कसिलो बलिड.ले भारतीय टीम दबाबमा परेको छ ।

Share Now

Leave a comment.