Prakash Adhikari September 2, 2023

 

काठमाडौं, १६ भाद्र । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राजधानी काठमाडौंमा  शुक्रवार  “आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न गरेको छ ।

कम्पनीमा आवद्ध भई कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले दिएको जानकारी अनुसार उपरोक्त कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति रहेको थियो ।

 

अवार्ड वितरणकार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ ९सीएनआई० का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका सदस्यहरुको उपस्थिति थियो ।

Share Now

Leave a comment.