Prakash Adhikari September 6, 2023

काठमाडौं, २० भाद्र । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डप खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उहाँमाथि खुकुरी प्रहार भएको हो।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभएको छ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको ढुंगेलले जानकारी दिनुभयो। खुकुरी प्रहार गर्ने सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

 

सापकोटाले आफूलाई नागरिक अभियन्ता बताउने गर्नुभएको छ । तर उहाँले किन कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नुभयो भन्ने खुलेको छैन ।

 

Share Now

Leave a comment.