Prakash Adhikari September 28, 2023

 

मानसरोवर(तिब्बत,चीन), ११ असोज । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डेले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उहाँले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिनुभयो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ ।
सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो सडकको गुणस्तर बृद्दि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिनुभएको छ ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोबर ताल रहेको छ । मानसरोबर ताल पनि हिन्दूहरुका लागि पवित्र तिर्थस्थल हो ।

हिन्दुहरुका देवाधिदेव महादेव कैलाश पर्वतमा बस्ने विश्वास गरिन्छ । महादेबले यही मानसरोबर तालमा स्नान गर्ने हिन्दू धर्मावलम्बीहरुको विश्वास रहेको छ ।

Share Now

Leave a comment.