Prakash Adhikari October 2, 2023

काठमाडौं, १५ असोज । पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचारको आरोपमा वाणिज्य सचिव मधु मरासिनीसहित सात जना विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध नेशनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको,आवश्यक पूर्वधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्‍याएको आरोप लागेको छ ।

 

Share Now

Leave a comment.