Prakash Adhikari April 24, 2018

सानेपा(ललितपुर), ११ बैशाख । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउने संकल्प सहित काम थाल्न अपिल गर्दै कार्यक्रम सहितको प्रस्ताव पार्टीको जारी केन्द्रीय बैठकमा प्रस्तुत गरेका छन्।

पार्टीको सांगठानिक अवस्था, राष्टिय अन्तराष्टिय परिवेश, आर्थिक नीति र कार्यक्रम सहित २०४६ साल पछि नपाली कांग्रेसले लिएका नीति र कार्यक्रमहरुको प्रभाव समेत युवाहरुको विचार र कार्यक्रममा उल्लेख गरिएको छ ।

युवाहरुले नेपाली कांग्रेसले लिएको राजनीतिक विचारधारा र आर्थिक नीतिले मुलकमा भएको आर्थिक सामाजिक विकासलाई गति दिएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको उल्लेख गरेका छन् ।

युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुड.नवीन्द्रराज जोशी,प्रदीप पौडेल,गुरुराज घिमिरे, कल्याण गुरुड., गोविन्राज भट्टराई लगायतका नेताहरुको सामूहिक प्रयासमा सो अवधारणा तयार पारिएको बताइन्छ ।

सो प्रस्तावमा पार्टीमा पुनर्जागरण ल्याउन तुरुन्त महासमितिको घोषणा गरी तत्कालै पार्टीका सबै अवयवहरुलाई परिचालन गर्न पनि आग्रह गरिएको छ ।

https://drive.google.com/file/d/19HVS1NPAM8cf7V3q-BLTF5jPITi8a3Pi/view?usp=sharing

Share Now

Leave a comment.