Prakash Adhikari October 25, 2017

काठमाडौ, ८ कार्तिक । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ।

कांग्रेसको संसदीय बोर्डका सदस्य समेत रहेका बालकृष्ण समानुपातिकको बन्दसुचीमा परेका छन् ।

समितिको सहसंयोजक र सदस्यहरुको निर्णय भैसकेको छैन ।

स्थानीय तह निर्वाचनमा प्रचारप्रसार समितिको संयोजक रमेश लेखक र सहसंयोजक गगन थापा थिए।

उनीहरु दुवै प्रत्यक्ष निर्वाचन लड्ने भएपछि नयाँ प्रचारप्रसार समिति गठन गरिएको हो।

 

Share Now

Leave a comment.