Prakash Adhikari November 5, 2023

कीर्तिपुर(काठमाडौं),१९ कार्तिक । सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी २० विश्वकप खेल्न एसिया क्षेत्रबाट छनोट भैसकेका नेपाल र ओमानबीच आज उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ ।

खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

आजको खेलमा नेपालको नेतृत्व कप्तान रोहित पौडेल र ओमानको नेतृत्व कप्तान जिशान मकसुदले गर्नेछन् ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनको झिनो अन्तरले पराजित भएको थियो ।

सो खेलमा शीर्षक्रममा रहेका ब्याटरहरु चल्न सकेनन् । दीपेन्द्र ऐरी घाइते भएकोले प्लेइड. ११ मा परेका थिएनन् । तर अन्तिम क्रममा राखिएका विवेक यादवले त्यस दिन जुन प्रदर्शन गरे त्यो निकै प्रशंसनीय रह्यो ।

नेपालको अगाडि बढ्ने बाटोमा तगारो बन्दै आएको युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टीमलाई घरेलु मैदान र दर्शकको साथ रहने छ ।

नेपालका कुशल भुर्तेल,आशिफ शेख र कुशल मल्ल सम्हालिएर खेल्न पाए भने नेपाललाई रन बनाउन ओमानले रोक्न सक्ने छैन । कप्तान रोहित पौडेल, सोमपाल कामी, विवेक यादव,गुलशन झाले राम्रो प्रदर्शन गर्ने क्षमता राख्दछन् । करण के.सी.,सन्दीप लामिछाने र अविनास बोहोरा राम्रा बलर हुन् ।

चीनमा भएको ११ औं एशियाली खेलमा विश्व कीतिमान बनाएको नेपाली टीमले आफ्नो प्रतिष्ठा अझ बृद्धि गर्दै यो उपाधि चुम्ने विश्वास गरिएको छ ।

 

Share Now

Leave a comment.