काठमाडौं, २० कार्तिक । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।
सञ्चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नुभएको हो ।
पत्नी सावित्री गुरुङसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रबन्ध निर्देशक गुरुड.ले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
प्रबन्ध निर्देशक गुरुड.ले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्य सामग्री पनि प्रदान गर्ने निर्णय भएको समेत प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ ।
शुक्रवार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने २ सय ४६ जना घाइते भएका छन् ।े १ सय ४६ जना उपचारपछि घर फर्किसकेका छन् ।


















