Prakash Adhikari December 3, 2023

काठमाडौं, १७ मंंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

आइतबार प्राधिकरणले जारी गरेको सूचना अनुसार दूरसञ्चार सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

 

पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ।

उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जनाएको छ।

 

उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ ।

प्राधिकरणले लाइसेन्स खारेजी गर्ने चेतावनी दिएका कम्पनीहरु यस प्रकार रहेका छन्ः

S.No.      Name of the Licensee

  1.  Broad Band Nepal Pvt. Ltd.
  2. Kalika Net Pvt. Ltd.
  3. Nimble Network Pvt. Ltd.
  4. Data Communication Pvt. Ltd.
  5. Kriti Darshan Media Pvt. Ltd.
  6. Pals Network Pvt. Ltd.
  7. Clean Network Pvt. Ltd.
  8. Kshireshwar Network Pvt. Ltd.
  9. Prime Network Pvt. Ltd.
  10. Dolphin Net Communication Pvt. Ltd.
  11. Life Net Pvt. Ltd.
  12. Rapid Unique Network Pvt. Ltd
  13. 5.E-link Net Pvt. Ltd.
  14. Info Net Technology Pvt. Ltd.
  15. Regmi Media Inc. Pvt. Ltd.
  16. Fast Speed Link Network Pvt. Ltd.
  17. Loop Networks Pvt. Ltd.
  18. Unite Networks Pvt. Ltd.
  19. R.S.Link Internet Service Pvt. Ltd.
  20. Mithila Digital Nepal Pvt. Ltd.
  21. Wifi HD Nepal Pvt. Ltd.
  22. Gandaki Communication Pvt. Ltd.
  23. Net Max TechnologiesPvt. Ltd.
  24. Yes Net Nepal Pvt. Ltd.
  25. Hawk Net Pvt. Ltd.
  26. Neolink Pvt. Ltd.
  27. Himalayan Online Services Pvt. Ltd.
  28. Nepal Wireless
  29.  Innovative Communications System Pvt. Ltd.
  30. Nepalink Communication Pvt. Ltd
Share Now