Prakash Adhikari December 28, 2023

टोरन्टो (क्यानडा), १२ पौष । नेप्लिज क्यानेडियन स्पोर्टस् काउन्सिल (एनसीएससी)ले क्यानाडा आएका विद्यार्थी र नवआगन्तुकहरूलाई स्वागत र साथै मिसिसागामा खेलकुदका क्षेत्रमा योगदान गरेका ६ जना व्यक्तित्वहरूको सम्मान गरेको छ।

लामो समयदेखि क्यानडामा बसेर खेलकुदमा योगदान पुर्याएका ६ खेलाडीहरुमा क्रीकेट विधाबाट इमरान खान असगर ,तेन्जिङ भुटियालाई फुटबल, उत्तम केसी लाली गुराँस स्पोर्ट्स एन्ड कल्चर क्लबको पहलकर्ता तथा संस्थापकको रुपमा, चेतविक्रम शाहीलाई फुटबलमा, उत्तम श्रेष्ठलाई किड्स सकर तालिमको प्रशंसामा,धीरेन्द्र शाहीलाई सबै सामुदायिक संस्था र खेलकुद क्लबहरूको इभेन्ट पार्टनरको रूपमा सम्मान गरिएको थियो।

कार्यक्रममा सुपर क्यानडा नेपाल टिभीका गणेश खड्का, ग्लोबल क्यानडा टिभीका डा पूर्ण कँडेल र माउन्ट एभरेष्ट टेलिभिजनका बसन्त कार्की, एनआरएनएका उपाध्यक्ष तथा एनसीसीका निवर्तमान अध्यक्ष किरोज श्रेष्ठ, सामाजिक अभियन्ता ढुण्डिराज पाण्डे, सामाजिक अभियन्ता ध्रुव भट्टराई, अमृत वस्तीहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा गायक सुरज कालाखेती, गायिका रीता बुर्लाकोटी र नर्तक मनोज विकको बिशेष प्रस्तुति पनि रहेको थियो ।

लाली गुराँस स्पोर्टस एन्ड कल्चर क्लब, ब्रामसागा युनाइटेड, नेपाली क्यानेडियन क्रिकेट क्लब, ब्रदरहुड एफसी, हिमालयन डायनामोज एफसी, नेपाली पिल एफसी र बुद्ध एफसीको सात वटा खेलकुद क्लबहरूको नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल (एनसीएससी) ग्रेटर टोरन्टो एरिया (जीटीए)का सात वटा खेलकुद क्लबहरूको नवगठित छाता संगठन हो।

कार्यक्रममा ग्रान्ड मास्टर राजकुमार रार्इै ,कराते ग्रान्ड मास्टर सुरेन्द्रलाल श्रेष्ठ, राष्ट्रिय भलिबल खेलाडी भुपेन्द्र भण्डारी , राष्ट्रिय क्रिकेट खेलाडी नरेश बहादुर बुढा ऐर र महेश क्षेत्री पनि उपस्थित हुनुहुन्थ्यो ।

क्लबहरूलाई उनीहरूको खेलकुद गतिविधि र प्रतियोगितामा सहयोग गर्नुका साथै खेल गतिबिधिका समय तालिकामा समन्वय कायम गर्न काउन्सिल गठन गरिएको जनाइएको छ।

कार्यक्रमले खेलकुदलाई प्रोत्साहन गर्ने र हाम्रा युवाहरुमा विभिन्न खेलहरुप्रति गहिरो रुचि बढाउने विश्वास लिएको जानकारी लाली गुराँस स्पोर्टस क्लबका अध्यक्ष क्रिजल अधिकारीले दिनुभएको छ ।

Share Now