Prakash Adhikari May 5, 2018

विराटनगर(मोरड.), २१ बैशाख । गत माघ महिनामा दुबईबाट नेपाल भित्रिएको भनिएको साढे ३३ किलो सुन तस्करी र सो कार्यमा संलग्न मोरड. उर्लाबारीका सनम शाक्यको हत्यामा संलग्न भएको अभियोगमा मोरड. प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ६३ विरुद्ध मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको अहिले अभियुक्तहरुको बयान चलिरहेको छ । उक्त घटनामा संलग्न भएको आरोपमा २९ जनालाई दसी प्रमाण सहित सशरीर अदालत पेश गरिएको थियो भन ३४ जना फरार रहेका छन्।

प्रारम्भिक बयानमा यो मुद्दामा जेलिएका एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र प्रहरी जवान विष्णुबहादुर खड्का, पूर्वडीआईजी गोविन्दप्रसाद निरौला र फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको सुनतस्करहरुसंग साँठगाँठ भएको देखिए पनि बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलको संलग्नता भने यो प्रकरणको अनुसन्धान र सुन तस्कर तथा हत्याका अभियुक्त गोरे भनिने चुडाराज उप्रेतिलाई पक्राउ गर्ने कार्यमा खटिदामात्र भएको देखिएको छ ।

 

चैत ३० गते मन्त्रिपरिषद् बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठन गरेको विशेष अनुसन्धान टोलीसमक्ष पनि पूर्व आइजिपी प्रकाश अर्याल र पूर्व एआईजी बमबहादुर भण्डारी दुवैले समितिसँगको बयानमा एसएसपी लोहनी र डिएसपी केसी तथा सई सञ्जेलको संलग्नता अपराध अनुसन्धान र अभियुक्तिको गिरफ्तारीका सिलसिलामा भएको जानकारी गराइसकेका थिए । समितिमा समितिमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त लामा, प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं थिए ।

गत फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ४४ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेको थियो। आफ्नो लेखापाल वा मुन्सीको काम गर्ने शाक्यको हत्या पछि गोरेले अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सन्जेललाई आफूसँग भएका भारतीय नागरिकले शाक्यलाई मारिदिएको बताउँदै शव व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

त्यही आग्रह र उनीसँग भएको कुराकानी विवरण सई सन्जेलले एसएसपी लोहनीलाई सुनाएपछि महाशाखाकै प्रमुखसहित अन्य अधिकृतहरुको बैठकले ‘गोरे फटाहा र सुन तस्कर भएकाले जसरी पनि पक्राउ गरी शव बरामद गर्नुपर्ने’ निष्कर्ष निकाल्दै यसमा संलग्न अपराधीलाई पक्राउ गर्ने जिम्मा महाशाखाका प्रमुख एसएसपी लोहनीलाई दियो । उनले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमख एसपी अरुणकुमार बिसीलाई सम्पर्क गरी आफ्नो टोली आउँदै गरेकाले त्यसलाई थप मद्दत गर्न प्रहरी र अतिरिक्त हतियार पठाउन आग्रह गरेका थिए। उनले यसको जानकारी तत्कालीन प्रहरी महानिरीक्षकलाई भने पूर्ण रुपमा गराएका थिए ।

काठमाडौंबाट मोरङ गएको महाशाखा टोलीले शाक्यको शव रहेको गाडी नियन्त्रण ग(यो। भारततिर लैजाँदै गर्दा विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कर्पिओमा शाक्यको शव फेला परेको हो। प्रहरीले गाडीभित्र १२ भोल्टका दुई ब्याट्री, डिसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रडलगायतका सामग्री पनि बरामद गरेको थियो । प्रहरीले ३० वर्षीय गाडीचालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की पनि पक्राउ परे । तर, गोरे त्यअघि नै फरार भइसकेका थिए।

अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी र तत्कालीन कार्यवाहक आइजीपी बमबहादुर भण्डारीलाई यसको सम्पूर्ण जानकारी पनि गराएका थिए । २०७४ फागुन १८ गते साँझ १९ः२९ बजे भएको पाँच मिनेट ३७ सेकेन्ड लामो टेलिफोन संवादमा एसएसपी लोहनीले गोरे भन्ने व्यक्तिले मान्छे मारेको र निजले शव व्यवस्थापन गर्न आफ्नो टोलीलाई प्रस्ताव गरेको मात्रै बताएका छैनन्, शव व्यवस्थापनको बहानामा उसलाई पक्राउ गर्न आफ्नो टोलीले दुई करोडमा डिल गरी नाटक रचेको समेत कार्यवाहक आइजिपीलाई रिपोर्टिङ गरेका छन्। लोहनीले अर्यालको फोन नम्बरमा कुरा गर्न खोजेको तर सो दिन उनी बिदामा बसेकाले उनको फोन सबै भण्डारीले उठाउँदै शव बरामद गरी गोरेलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिएका थिए ।

यस्तो थियो आइजिपी- लोहनी संवाद


एसएसपी लोहनी : सर जय नेपाल। अघि मैले जाहेर गरेको थिएँ नि उस (गोरे)ले त्यहाँ हत्या भएको मान्छेको शवको फोटो पठाएको छ। शव गाडीमा राखेको छ रे। सुन तस्कर हो सर, उसको ‘निक नेम’ चाहिँ गोरे रहेछ, ऊ आर्मीबाट भागेर आएको रहेछ सर। पहिला सिआइबीले बरामद गरेको सुन पनि यहीं जोडिन्छ। पर्दा पछाडिको मान्छे हो सर। पहिलापहिला प्रहरीसँग पनि डिल गर्दो रहेछ। उसले डिल गर्दा सुन लुट्नुपर्छ र आधा दिनुपर्छ भन्दो रहेछ। यसले काठमाडौंबाट तीन जना अपहरण गरेर लगेकोमा एक जना मारेको र दुई जना घाइते भएका छन् रे सर। उसले प्रहरीलाई शव सेटल गर्न अफर गरेको छ। दुई करोड दिन्छु भनेको छ सर। मैले हुन्छ भन्न लगाएर उसलाई जसरी नि पक्राउ गर्ने नीति लिएको छु सर। त्यसकै लागि डिएसपी र दुई जना केटाहरु पठाएको छु सर। मोरङको एसपीसँग कुरा गरेको छु। उसले मानिस मारेर गाडीमा राखेको छ, एकदमै बदमास मानिस हो। लुटेको सुन २०–२२ किलो छ भन्ने सुन्नमा आएको छ। त्यो सुन एउटी महिलासँग छ भन्ने सूचना आएको छ सर। यस्तो सूचना चुहियो भने यो भाग्न सक्छ सर, प्रहरीलाई यसरी किनेको छ कि नेपाल प्रहरीका केही अफिसर्सले थाहा पाए भने सूचना तुरुन्तै चुहिन्छ सर।

कावा आइजिपी भण्डारी : ठिक छ, त्यसलाई पक्राउ गर अनुसन्धान गर । मोरङ प्रहरीलाई गोप्य राखेर काम अघि बढाउन भन। अरु ठिक छ। गोअहेड सकेसम्म घाइेतेहरुलाई सकुशल नियन्त्रणमा लिनू।

 एसएसपी  लोहनी : मोरङ प्रहरीलाई थप मद्दत र एक्सट्रा हतियारको व्यवस्था गर्न भनेको छु सर।

Share Now

Leave a comment.