कीर्तिपुर(काठमाडौं),२० माघ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिड. गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरको खेलमा ४९(५ओभरमा १० विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।
त्रिभुवन आर्मीका लागि विवेक यादवले ६३, सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७, सन्तोष कार्कीले ६, भीम सार्कीले ५, बिनोद भण्डारी,साहब आलम र जितेन्द्र मुखियाले २ । २, बसिर अहमदले १ रनको योगदान दिए भने सन्दीप रजाली खाता नखोेली आउट भए ।
त्रिभुवन आर्मीलाई रोक्ने क्रममा नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले ३ । ३ तथा कुशल भूर्तेल, सागर ढकाल र करन केसीले एक एक विकेट लिएका थिए ।


















