Prakash Adhikari February 8, 2024

काठमाडौँ,२५ माघ । एशियन गेममा विश्व कीर्तिमान कायम गरेका नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय ट्वान्टी २० लिग खेल्ने भएका छन् । उनी गल्फ जायन्ट्समा अनुबन्ध भएको नेपाल क्रिकेट एशोसिएसनले जनाएको छ ।

नेपाल क्रिकेट संघले बिहीबार ऐरीलाई शुभकामना दिँदै ऐरीलाई गल्फ जायन्ट्सले अनुबन्ध गरेको जनाएको हो ।

गत वर्षको लिग च्याम्पियन गल्फ जायन्ट्स क्लबका कप्तान इंग्लिस क्रिकेटर जेम्स भिन्स हुन्।

त्यस्तै क्लबमा क्रिस लिन, सिमरन हेटमेयर, क्रिस जोर्डन, आयान अफजल खानलगायतका विश्वप्रसिद्ध क्रिकेटर आबद्ध रहेका छन् । गल्फ जायन्ट्सको मालिक भारतको चर्चित अडानी समूह हो ।

 

अन्तर्राष्ट्रिय ट्वान्टी २० लिगमा ६ टिम आबद्ध छन् ।

Share Now