काठमाडौं, १३ फागुन । नेपाली सेनामा हालै बढुवा हुनुभएका उपरथीहरुको पदस्थापना भएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार उपरथी सुनिल श्रेष्ठलाई सुदूरपश्चिम पृतना, उपरथी पवनजंग पाण्डेलाई राष्ट्रिय सुरक्षा सचिवालय र उपरथी प्रकाश देउजालाई संभार रथी विभागमा पदस्थापना गरिएको छ ।
उपरथी श्रेष्ठले मध्यपश्चिम पृतनापतिको जिम्मेवारी पाउनुभएको छभने उपरथी थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै उपरथी देउजा संभार रथी विभागमा नियुक्त हुनुभएको छ।
हालै उपरथीमा बढुवा हुनुभएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई नेपाली जंगी अड्डा भद्रकालीमा आयोजित विशेष समारोहमा आइतबार मात्र प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाईदिनुभएको थियो ।
फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त तीन उपरथीमा सहायक रथीमा कार्यरत श्रेष्ठ, थापा र देउजालाई बढुवा गर्ने निर्णय गरेको थियो।