
काठमाडौं, १४ फागुन । क्रिकेट एसोसियसन अफ नेपाल(क्यान)ले अब ‘ए’ ग्रेडका खेलाडीलाई एक लाख तलब दिने भएको छ ।
क्रिकेट संघकाे फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले ग्रेड अनुसार खेलाडीलाई तलब दिने भएको हो ।
संघले सन् २०२४ का लागि खेलाडीहरुको वर्गीकरण गर्दै ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
संघले पुरुष क्रिकेट खेलाडी तर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीलाई ४ समूहमा वर्गीकरण गरेको हो ।
कुन खेलाडी कुन ग्रडेमा ?
ग्रेड ‘ए’ – रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल
ग्रेड ‘बी’– कुशल मल्ल, गुलशन झा,भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ‘सी’ – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.
ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ
मर्जिङ क्याटोगर – दिपेश कंडेल , रुपेस सिंह , रिजन ढकाल , बिपिन खत्री , देब खनाल , अर्जुन घर्ती र हेमन्त धामी ।
महिला तर्फ
क्यानको कार्य समितिले महिला खेलाडीहरुलाई पनि ए/बी/सी/डी र इमर्जिड. ग्रेडमा विभाजन गरेको छ ।
महिला खेलाडीहरुलाई भने ए/बी/ सी/ डी र इमर्जिड.मा क्रमशः ५०/३५ /३०/ २५ र २० हजार मासिक तलब दिने व्यवस्था गरिएको छ ।
क्यानले महिला तर्फ ‘ए’ ग्रेडमा कप्तान इन्दुबर्मा, रुविना क्षेत्री बेल्बासे र सीता रानामगरलाई राखेको छ । ‘बी’ मा एक्ली खेलाडी कविता कुँवर छन् भने ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । ‘डी’ मा अप्सरी वेगम, कविता जोशी,संगीता राई, काजल श्रेष्ठ र विन्दु रावल छन् ।
महिलातर्फ इमर्जिड.क्याटागोरीमा सोनी पाख्रिन,खुसी डंगोल, ज्योत्स्निका मरासिनी,कञ्चन श्रेष्ठ, रुवि पोद्दार,सृष्टि जैसी,संझना कुमारी खड्का र सना प्रविन रहेका छन् ।