Prakash Adhikari March 1, 2024

काठमाडौं, १८ फागुन । नेपालको प्रतिष्ठित बाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा आह्वान गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बनेपछिको यो पहिलो साधारण भा हो ।

बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

बैंकले यो वर्ष लाभांश प्रस्ताव गरेको छैन । साधारण सभामा सञ्चालक समितिबाट पारित भएको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र चालु आर्थिक बर्षको लागि लेखा परीक्षक नियुक्ति लगायतका प्रस्ताव उपर छलफल भई पारित गर्ने कार्यक्रम छ ।

यस पटकको साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

 

Share Now