Prakash Adhikari March 10, 2024

हंगकंग(चीन), २७ फागुन । हंगकंग भ्रमणमा रहेको  नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज आयोजक हंगकंगसंग प्रतिस्पर्धामा उत्रिने भएको छ । खेल हंगकंगको मेड.कोक मैदानमा ११ः१५ मा सुरु हुने छ ।

एक मैत्रीपूर्ण खेल र त्रिकोणीय श्रृखला खेल्नका लागि नेपाली टोली हंगकंग भ्रमणमा निस्किएको हो । शनिबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

आजदेखि नेपाल, हंगकंग र पपुवा न्युगिनीबीच त्रिकोणीय श्रृखला सुरु हुँदै छ । यस श्रृखलाको पहिलो खेलमा आयोजक हंगकंग र नेपाली राष्ट्रिय क्रिकेट टोली भिड्दै छन् ।

मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टी २० खेल खेल्नेछ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन् ।

Share Now