Prakash Adhikari October 27, 2017

 

काठमाडौं, १० कार्तिक । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँटको खाका अन्तिम चरणमा पुर्याएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ ।शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने छ ।

दोस्रो चरणको निर्वाचन हने क्षेत्रमा माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ ।

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ ।

 

 

 

Share Now

Leave a comment.