Prakash Adhikari April 15, 2024

काठमाडौं, ३ बैशाख । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापतको पूरा र दुई वाइडबडि जहाजको आंशिक रकम भुक्तानी गरेको छ ।

निगमले एक विज्ञप्ति प्रकाशित गर्दै २०८० चैत्र ३० गते जम्मा रु ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैया भुक्तानी गरेको जानकारी दिएको छ ।

वर्तमान नेतृत्वले निगमको व्यवस्थापन सम्हालेपश्चात निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९ सय ६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ । यस सम्बन्धमा छलफल भइरहेको निगमले जनाएको छ ।

Share Now