Prakash Adhikari May 29, 2024

पोखरा(कास्की), १३ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशप्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आजै मुख्यमन्त्री पाण्डेले आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालाई नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुले बुधबार पोखरामा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

यस अगाडि आजै प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त गर्नुभएको थियो।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि उहाँ विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

सोमबार सर्वोच्च अदातलतले नेकपा ९एमाले० प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

तत्कालीन सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिनुभएको थियो । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।

Share Now