Prakash Adhikari June 7, 2024

ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), २५ जेठ । आईसीसी टी २०विश्वकप २०२४ को समूह चरण अन्तरगत बिहिबार भएको खेलमा सहआयोजक संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ ।

अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।

यस पहिले १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए ।

अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ५० रन, आरुण जोन्सले ३६, एण्ड्रिस गौसले ३५, नितिस कुमारले १४ र स्टेभन टेलरले १२ रन बनाए ।

अमेरिकालाई रोक्ने क्रममा पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।

त्यसअघि टेक्सास राज्यको ड्याल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

कप्तान बाबर आजमले ४४, स्पिन अलराउण्डर सादब खानले ४०, सहिन साह अफ्रिदीले २३, इफ्तिकर अहमदले १८, फकर जमानले ११, मोहम्मद रिजवानले ९, हरिफ रौफ र उस्मान खाँनले ३।३ बनाएका थिए । आजम खान खाता नखोल्दै एलबीडब्ल्यू धरापमा परेका थिए ।

पाकिस्तानलाई रोक्ने क्रममा अमेरिकाका नोष्थुश केजिंगेले ३ विकेट, सौरभ नेत्रवालकरले २ विकेट तथा अली खान र जसदीप सिंहको नाममा १–१ विकेट लिएका थिए।

सहआयोजक अमेरिकाको यो विजय क्रिकेटमा टेष्ट राष्टलाई एशोसिएटले पनि पराजित गर्न सक्छन भन्ने गतिलो उदाहरण भएको छ। नेपालले पनि समूह चरणमा श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका जस्ता टेष्ट राष्ट्रहरुसंग खेल्दै छ । अमेरिकाले टेष्ट राष्ट्रलाई हराउन सक्छ भने नेपालले किन नसक्ने ? यो खेलले नेपाली खेलाडीहरुको मनोबल उकास्न धेरै नै मद्दत गरेको छ।

Share Now