Prakash Adhikari July 11, 2024
काठमाडौँ, २७ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९.२१ अङ्कले उकालो लागेर २२०४. ६१ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५. ९० अङ्कले उकालो लागेर ३९१ .६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल २ करोड २ लाख ३७ हजार ७सय ८० कित्ता शेयर रु ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ मूल्यमा कारोबार भएको छ ।
बलेफी हाइड्रोपावर ९. ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७. ८२ प्रतिशतले कमाएका छन् । समाज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी–५०  ४.१३, सेञ्चुरी डिबेञ्चर ३. ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन् ।
Share Now