Prakash Adhikari July 12, 2024

भरतपुर(चितवन), २८ असार । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा गएको पहिरोमा लतारिएर दुईवटा यात्रु बस पहिरोसंग नारायणी नदीमा बगेका छन्।

आज बिहान ३ बजे भएको यो घटनामा दुवै बसका सबै यात्री हताहती भएको आशंका गरिएको छ।

पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ।

घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन बाटबाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालन भएका छन्।

पहिरो खसेपछि मुग्लिन- नारायणगढ सडक पनि अबरुद्ध छ।

Share Now