नेपालगञ्ज(बाँके), २८ आषाढ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नेशनल रत्न अगार्ड विजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित सो सम्मान कार्यक्रममा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको हुँदा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहतको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।
।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल,प्रमाणपत्र र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दाबढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
वहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु भयो । साथै वहाँले यस भन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराउनु भयो ।
नेपालगंज र महेन्द्रनगर मा सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित प्रवन्धक विवेक शर्मा, विभागीय प्रमुख सुष्मिता राणा लगायतको सहभागिता रहेको थियो ।
नेपालगंज कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।
महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।