Prakash Adhikari June 7, 2018

काठमाडौं, २४ जेठ । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरी खड्काले राजिनामा दिएको बताएका हुन ।

उनले आफूलाई विगत ९ महिनादेखि आफूलाई भूमिकाविहीन बनाएर राखिएको तथा बदनाम गराइएकोले राजीनामा दिएको बताएका छन्।

‘मैले निगममा धेरै नीतिगत सुधार समेत गरेको थिएँ तर त्यसलाई छायाँमा पार्ने र बदनाम गर्ने कार्य मात्र गरियो’ खड्काले भने, ‘९ महिनामा त सन्तान पनि जन्मन्छ। तर मलाई यत्तिका अवधिसम्म भूमिकाविहीन बनाएर राखियो। त्यसैले राजिनामा दिएँ।’

खड्काले आफूले प्रधानमन्त्री र उद्योगमन्त्रीको सजिलोको लागि राजीनामा दिएको प्रतिक्रिया दिएका छन्।

खड्कालाई निगममा हुँदा इन्धन भण्डारण क्षमता बढाउन आवश्यक जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ।

तत्कालीन संसदीय समितिहरुले झापा, चितवन।भैरहवा लगायतका क्षेत्रको स्थलगत अध्ययन गरी प्रचलित भाउभन्दा चार गुणा महँगो रकममा जग्गा खरिद गरेर ब्यापक भ्रष्टाचार भएको निश्कर्ष निकालेको थियो।

समितिको सो निश्कर्षपश्चात सरकारले उनलाई बर्खाख्त गरेको थियो। सरकारको सो कदमपश्चात खड्का सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चले सरकारको सो निर्णय उल्टाइदिएपछि खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको थियो। यद्यपी उनलाई कुनै कार्यकारी भूमिका दिइएको थिएन।

Share Now

Leave a comment.