काठमाडौँ, ७ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नु आग्रह गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले आज यहाँको जानकारी लिने क्रममा कर्मचारीलाई सम्बोधन गर्दै पशुपति क्षेत्रमा संस्कारभित्र रहेर भगवान्लाई सम्झेर काम गर्नुपर्ने बताउनुभएको हो ।
“अन्यत्र र यहाँ काम गर्नुमा फरक हुन्छ, कामको जिम्मेवारी पाएपछि केही गर्नुपर्छ, नैतिकता इमान्दारिताभित्र रहेर काम गर्नुपर्छ, भारतमा नेपालबाट आएको भनेपछि पशुपतिप्रति आस्था, सम्मान गर्छन्, पशुपतिलाई विश्वमा चिनाउन पनि पारदर्शी तरिकाले काम गर्नुपर्छ”, मन्त्री पाण्डेले भन्नुभयो ।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिलाई आध्यात्मिक स्थलका रुपमा परिचित गराउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
मन्त्रालयका सहसचिव हेमराज तामाङले विश्वभरका अर्बौँ भक्तजनको आस्थाको केन्द्र पशुपति क्षेत्रका सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि मन्त्रालयका तर्फबाट सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपतिका बारेमा केही काम गर्दा उजुरी पर्ने गरेकाले काममा समस्या भएको बताउनुभयो । काम गर्ने जनशक्ति कमीले पनि समस्या भएको उहाँको भनाइ थियो । पशुपति क्षेत्र र कोषको गतिविधिबारे उहाँले मन्त्री पाण्डेलाई जानकारी गराउनुभएको थियो ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा भएको पछिल्ला गतिविधिबारेमा परिचयात्मक प्रस्तुति गर्नुभएको थियो । साउनको पहिलो सोमबार आज बेलुकीसम्म पनि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको थियो । आज सोमबारका अवसरमा लाखौँ भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।
उद्धव सिलवाल काठमाडौँ, २५ भदौ (रासस): हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]