ब्राम्पटन(क्यानडा), १२ श्रावण । ग्लोबल टी २० क्यानडा अन्तरगत आज भैरहेको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भान्कुवर नाइट्सले बंगला टाइगर्स मिसिसौगाद्धारा १ सय ५३ रनको लक्ष्य पाएको छ ।
ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको बंगला टाइगर्स मिसिसौगाले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार गरेको थियो ।
बंगला टाइगर्स मिसिसौगाको तर्फबाट इफ्तिखर अहमदले ५० रन, हजरतुल्लाह जाजाईले ३३। डिलोन हेलिड.गरले २७, प्रगत सिंहले २०,गुरपाल सिधूले १०, रहमनुल्लाह गुरुवाजले ४, सकिव अल हसनले २ र डेभिड वाइसले १ रनको योगदान गरे ।
बंगला टाइगर्स मिसिसौगालाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले २ तथा पौल भान मिकेरेन, द्धायन प्रिटोरियस, जेरेमी गोर्डन,मोहम्मद अमिरले एक एक विकेट लिएका थिए ।