Prakash Adhikari June 8, 2018

 

काठमाडौं,२५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले सबै कम्पनीहरुले नियामक निकायको निर्देशन र आदेशको पालना गर्नु पर्नेमा जोड दिएका छन। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको २६ औं बाषिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले नियामकको निर्देशनको पालना नगरे अराजकता आउने बताए ।

उनले नियामकको पनि नियमन गर्ने निकाय रहेको स्मरण गराउदै सबैलाई आफ्नो कर्तब्य पुरा गर्न आग्रह गरे । मन्त्री खतिवडाले नियामकको अनुमति बिना कुनै पनि कारोबार नगर्न पनि सबैलाई सचेत गराएका छन् । युनिटि प्रकरण नाबिर्सेको बताउदै मन्त्री खतिवडाले नियामकको अनुमति बिना कारोबार गरे फेरी खतरा निम्तने बताएका हुन् ।

उनले कतिपय समयमा लगानीकर्तामा शेयरबजार अपत्यरिलो शक्तिले परिचालन गरेको हो कि भन्ने आभाष हुने गरेको बताउदै त्यस्तो नहोस भन्ने आफ्नो चाहना रहेको बताए । उनले लगानीकर्तामा सूचना विश्लेषण गर्ने क्षमता नहुँदा यस्तो आभाष हुने गरको समेत बताए । साथै उनले अप्रत्यसित कारोबार नहोस भन्नको लागि नियामकले काम गर्नु पर्ने दोहोर्याए ।

साथै मन्त्री खतिवडाले अनलाइन ट्रेडिङ छिट्टै आउनु पर्ने, तथा सीडीएससीलाई अपग्रेड गर्दै थप ब्यबस्थित र भरपर्दो बनाउनु पर्ने बताए । मन्त्री खतिवडाले प्राथमिक बजार र दोस्रो बजारलाई पनि बलियो बनाउनु पर्ने धारणा राखे । उनले दोस्रो बजार बलियो नभए अईपियो समेत बिक्रि नहुने अवस्था आउनेमा चिन्ता व्यक्त गरे ।

सरकार सेयर बजारबाट पूँजीको निमार्ण गर्न लागिरहेको बताउदै उनले ऋणपत्र पनि पूँजीबजारमा प्रवेश गराउनु पर्ने विचार व्यक्त गरे ।आफूले पुँजी बजारबारे ‘आँ’ गरेपनि बहस चल्न थाल्ने उल्लेख गर्दे जोखिम लिन सक्ने लगानीकर्ताले शेयर बजारमा र जोखिम लिन नसक्नेले ऋणपत्रहरुमा लगानी गर्नुपर्ने सुझाब समेत दिए ।

Share Now

Leave a comment.