ब्राम्प्टन(क्यानडा), १७ श्रावण । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने र अल राउण्डर कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी आबद्ध भान्कुवर नाइट्स् क्यानडामा जारी ग्लोबल टी २० लिगको चौथो खेलमा पनि पराजित भएको छ ।
क्यानडाको ब्राम्पटनमा आज बिहान भएको खेलमा भान्कुवर नाइट्स् ब्राम्प्टन वुल्भ्ससंग ६ विकेटले पराजित भएको हो ।
खेलमा भान्कुवर नाइट्सले दिएको १ सय ५० रनको लक्ष्य ब्राम्प्टन वुल्भस्ले ४ विकेटको क्षतिमा १८.१ ओभरमा नै हासिल गरेको थियो ।
ब्राम्प्टन वुल्भसका लागि वेउ वेभस्टरले ४९, निक हब्सनले ३७, डेभिड वार्नरले २५,जर्ज मुन्सीले २०,ज्याक जर्भिसले ३,कोवे हर्फ्टले २ रनको योगदान गरे ।
वुल्भ्सलाई रोक्ने क्रममा सन्दीप लामिछाने, रिसिभ जोशी र द्धायन प्रिटोरियसले एक एक विकेट लिए । नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीले एक रन आउट विकेट दिलाए ।
क्यानडाको ब्राम्प्टनस्थित सीएए सेन्टरमा नेपाली समय अनुसार बिहीबार बिहान पौने २ बाट सुरु भएको खेलमा भान्कुभर नाइट्सले टस जितेर पहिले ब्याटिड. गर्दै ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।
भान्कुवर नाइट्सका लागि रिचिइ वेरिड.टनले ३८,आसिफ अलीले ३६, रिजा ह्याण्ड्रिकले २७, मुनिर अहमदले २१,उस्मान ख्वाजाले १७ र हर्ष ठाकरले ३ रनको योगदान गरे ।
भान्कुवर नाइट्सलाई रोक्ने क्रममा ब्राम्प्टन वुल्भसका थोमस ड्राकाले २ तथा एण्ड्रयू त्ये र वौउ वेभस्टरले एक एक विकेट लिए ।
भान्कुवर नाइट्स पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो । त्यो खेलमा सन्दीपले १ विकेट लिनुका साथै १५ रन समेत जोडेका थिए ।
भान्कुवरले दोस्रो खेलमा बंग्ला टाइगर्ससँग २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै अविजित २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए ।
तेस्रो खेलमा भान्कुवर मोन्ट्रियल टाईगर्ससँग १० रनले पराजित भएको थियो । टाइगर्सविरुद्ध सन्दीपले १ विकेट लिनुका साथै अविजित १ रन बनाएका थिए । दीपेन्द्रले १५ बलमा अविजित ३० रन बनाएका थिए ।
अंकबिहीन भान्कुवर ६ टोली सहभागी लिगको पुछारमा रहेको छ ।


















