थिम्पु(भुटान), १८ साउन । भुटानको थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २(० सेटमा हरायो ।
कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१(५, २१(४ ले हराए ।
पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१(१७, २१(१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।