काठमाडौं, २० साउन । यहि शनिबार काठमाडौमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाबाट नयाँ कार्यसमिती चयन भएको छ । उक्त साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन हुनुभएको छ।
संघको महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।
तीन बर्षको कार्यकाल हुने संघका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
संघको सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै चुन ढुङ्गा उत्खनन, विद्युत र बैकिङ् लगायतका समस्या समाघानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।


















