Prakash Adhikari August 6, 2024

काठमाडौं, २२ श्रावण । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको छ । गार्डियानले प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. २२ करोड ५० लाख रुपैया बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

इन्स्योरेन्सले शेयरको खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लाई नियुक्त गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त शेयर प्रत्याभुित प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रारसम्वन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Now