Prakash Adhikari August 11, 2024

 

काठमाडौं , २७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई पुरस्कारका‌ लागि सिफारिस गरेको छ।

राखेपको‌ कार्यकारी समितिको शुक्रवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई टोली नगद पुरस्कारका लागि सफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार रजत पदक विजेता टोलीका खेलाडीले जनही ३ लाख रुपयाँ पाउने छन् । यस्तै प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख २० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

बुधवार‌ सम्पन्न काभा नेसन्स लिगमा नेपालले रजत पदक प्राप्त गरेको थियो। फाइनल खेलमा‌ नेपाल भारतसँग ३(२ ले पराजित भएको थियो।

काठमाडौं महानगरपालिकाले बिहीवार टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो।

नेपाल भलिबल संघले लाभाको टिकट विक्रीबाट संकलित रकम मध्येबाट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले‌ पुरस्कृत गर्ने शनिवार निर्णय गरेको छ।

 

Share Now