Prakash Adhikari June 18, 2018

 

काठमाडौं, ४ असार । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकलाई एफपिओ निष्कासनकालागि अनुमति दिएको छ।

बैंकले आधार मुल्य(फेसभ्यालु) प्रतिकित्ता एक सय रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता दुई सय ८० रुपैयाँमा एफपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ। बैंकले चार अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरका एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्कासनकालागि बोर्डबाट अनुमति पाएको हो।

बैंकको शेयर मूल्य गत बिहीबार दोस्रो बजारमा प्रतिकित्ता तीन सय १४ रुपैयाँमा झरेको थियो। आइतबार बजार खुल्नासाथ बैंकको प्रतिकित्ता मूल्य चार रुपैयाँ थप घटेर तीनसय १० रुपैयाँमा कारोबार भैरहेको छ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ जसमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व छ।
एफपिओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ।

एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ।

बैंकले एफपिओ निष्कासनकालागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई यस अघिनै नियुक्त गरिसकेको छ।

Share Now

Leave a comment.