हेटौडा, ४ असार। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न हेटौँडामा बस्ने भएको छ ।
नेपाली कांगे्रसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैठक अपराह्न ४ बजेपछि कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालयमा बस्ने छ। बैठक मंगलबारदेखि ३ दिन हेटौँडामा हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले अघि बढाउने भन्ने बारेमा केन्द्रित हुनेछ ।
बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू आइतबारदेखि नै हेटौँडा आउने क्रम शुरु भइसकेको छ भने जिल्ला सभापतिहरू सोमबार हेटौँडा आइपुग्ने कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाले बताए।
असार ५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय कार्यसमिति र जिल्ला सभापतिहरु गरी तीनसय जना प्रतिनिधि रहने जनाइएको छ।