सानेपा(ललितपुर), २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्र्रेस ४२ स्थानमा उम्मेद्वारी दर्ता गरेको छ ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगले उपचुनाव गराउने सबै स्थानमा उम्मेद्वारी दिएको खुलाउनुभएको छ ।
नेपाली कांग्रेसले ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा टीकाकुमारी चौधरी(भुल)लाई उठाएको छ । कांग्रेसले मोरड.को रामथान गाउँपालिका प्रमुखमा बलराम सरदारलाई उठाएको छ । त्यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोल, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारी, गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाड.,जाजरकोट नलगाड नगरपालिकाको उपप्रमुखमा इन्द्राचन्द सिंह, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सबिता बुढा, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुत्लिसरा शाहीलाई उम्मेद्वार बनाएको छ । सबै उम्मेद्वारहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गरिसक्नुभएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।
नेपाली कांग्रेसले उपनिर्वाचनमा उठाएका सबै उम्मेद्वारहरुको नामावली तल दिइएको छ ।