काठमाडौं, २६ पौष । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
यही पौष २५ गते सम्पन्न सम्झौतामा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गर्नुभएको नेपाल बैंक लिमिटेडले जानकारी दिएको छ ।
सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट(बुद्ध एअर अफिस काउण्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने भएकोे छ ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्राप्त गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।