कीर्तिपुर(काठमाडौं),१८ बैशाख । आईसीसी लिग २ विश्वकप छनोट चरण अन्तरगत भएको नेपाल श्रृखला अन्तरगतको युएई र नेपालबीचका दोस्रो खेलको नतिजा नेपालले आफ्नो पक्षमा पारेको छ ।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले डिएलएस मेथडबाट ६ रनले युएईलाई पराजित गरेको हो ।
दोस्रो इनिड.मा पानी परेपछि खेल छोट्याइएको थियो । ५०ओभरको खेललाई ३८ ओभरमा छोट्याएर युएईलाई १ सय ५४ रनको लक्ष्य दिइएको थियो । युएईले छोट्याइएको ३८ ओभरमा २ सय ४८ रनमात्र बनाउन सक्यो ।
उसको लागि मोहम्मद शाहदादले ६५, खुजैमा तनवीरले ४९,हरप्रित सिंहले ४१,आकाशदीप नाथले ३६, आर्यांश शर्माले ३३, अदीप उस्मानीले १४,क्याप्टेन मोहम्मद वासिम र मोहम्मद जुहैवले १ । १ रनको योगदान दिए ।
युएईलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २ / २ विकेट लिएका थिए ।
यस अगाडि टस जितेर ब्याटिड. रोजेको नेपालले ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ८९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक १०० रन बनाए ।खेलमा विनोद भण्डारीले ५६, गुल्शन झाले ४४, कप्तान रोहित पौडेलले ३९,अर्जुन कुमाल र आशिफ शेखले ११ ११ बनाए भने भीम सार्की शून्य रनमा आउट भए, सोमपाल शून्य रनमा नट आउट रहे ।
नेपाललाई रोक्ने क्रममा युएईका जुनैद सिद्धक र अजय कुमारले २/२ हैदर अली र खुजैमा तनवीरले १/१ विकेट लिए ।
यो जित संगै नेपालले लिग २ का ८ राष्ट्रको समूहमा नेपालले २३ खेलबाट १६ अंक बटुलेको छ । सातौ स्थानमा यथावत रहेको छ ।


















