किगाली(रुवाण्डा), १८ बैशाख । आईसीसी महिला च्यालेञ्ज ट्रफीका लागि रुवाण्डामा भइरहेको खेलमा नेपालले आज इटालीलाई पराजित गरेको छ ।
मौसम बिग्रने संभावनाका माझ ७ ओभरमा झारिएको टी २० खेलमा इटालीले दिएको लक्ष्य नेपालले ३.३ ओभरमा नै पूरा गरेको थियो ।
खेलमा पहिले ब्याटिड. गरेको इटालीले ७ ओभरको खेलमा ६ विकेटको क्षतिमा ३६ रन बनाएको थियो । ३७ रनको लक्ष्य पाएको नेपालले सो लक्ष्य ३.३ ओभरमा २ विकेटको क्षतिमा ४० रन बनाएर पूरा गरेको थियो ।
नेपालका लागि आजको खेलमा पूजा महतोले १३, कप्तान इन्दु बर्मा र पूजा महतोले ९-९ र रुवी पोद्दारले ४ रनको योगदान दिएका थिए । ५ रन नेपाललाई एक्स्ट्रा(वाइडबलबाट) मिलेको थियो ।
नेपाललाई रोक्ने क्रममा इटालीका इमा मूरले एक विकेट लिइन ।एक विकेट रन आउटमा आयो ।
यस अगाडि पहिले ब्याटिड. गरेको इटालीका लागि क्याप्टेन ई ब्रतरामले १४, ए कन्टोपिराकिसले ८,आर रथनायकेले ६, सी महामलेंगे र के पेट्रिकले एक एक रनको योगदान दिएका थिए ।
इटालीलाई रोक्ने क्रममा नेपालका मनिषा उपाध्यायले तीन तथा कविता कुँवर र पूजा महतोले एक एक विकेट लिएका थिए ।


















