Prakash Adhikari July 6, 2018

इस्लामावाद(पाकिस्तान), २२ असार (बीबीसी) । पाकिस्तानको एउटा अदालतले भूतपूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोकेको छ।

लन्डनस्थित उनको स्वामित्वमा रहेका भनिएका चारवटा विलासी फ्ल्याटको विषयमा उनीविरुद्ध मु्द्दा चलेको थियो।

पाकिस्तनाको न्याश्नल अकाउन्ट्याबिलिटी ब्यूरोले शृङ्खलाबद्ध विलम्बपछि उक्त फैसला शुक्रवार सुनाएको हो।

सोही मुद्दामा शरिफकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको छ भने ज्वाइँ सफ्दर अवनलाई एक वर्ष जेल सजाय सुनाइएको छ।

शरिफले उनीविरुद्ध लगाइएका अभियोगहरूमा राजनीतिक पूर्वाग्रह भएको दाबी गरेका छन्।

हाल नवाज शरिफ र उनकी छोरी लन्डनमा छन्।

त्यहाँ शरिफकी पत्नी कुल्सूम नवाजको क्यान्सरको उपचार भइरहेको छ।

आम्दानीभन्दा बढी सम्पत्ति भएको भन्दै न्यायाधीश मोहम्मद बशिरले पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र अदालतलाई नसघाएको भन्दै एक वर्षको जेल सजाय सुनाएका हुन्।

Share Now

Leave a comment.