Prakash Adhikari July 6, 2018

 

पोखरा(कास्की), २२ असार । प्रदेश ४ को प्रदेश सभाको शुक्रबार बसेको बैठकले प्रदेशको नामाकरण टुंग्याएको छ । प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा मतदान गर्दा गण्डकीको पक्षमा ५४ जना सांसदले आफ्नो मत जाहेर गरेका थिए । ५६ सदस्यीय प्रदेश सभामा दुई सदस्यले त्यसको विरोधमा मत प्रकट गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेशमा मतदान गरेका छन् भने नयाँ शक्तिका दुई सांसदले विपक्षमा मतदान गरेका छन्।

बिहिबारको संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टीको सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताव पेश गरेका थिए।

छलफलमा ३२ जना सांसदले भाग लिँदै गण्डकीको पक्षमा मत जाहेर गरेका थिए। उनीहरूले सबैको साझा नाम गण्डकी भएकोमा जोड दिएका थिए।

प्रदेशमा मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजाति, भाषा, भूगोललाई समेट्ने गरी प्रदेशको नाम गण्डकी राखेको बताए।

संसद सकिएपछि गुरुङले गण्डकी प्रदेश लेखिएको बेलुन उठाएर स्वागत गरे। आज साझँ दीप प्रज्वलन गरी स्वागत गर्ने कार्यक्रम रहेको छ।
प्रदेश ४ को नाम तमुवान मगराँत राख्नु पर्दछ भन्दै आन्दोलनरत जनजातिहरूले पोखरामा सिठ्ठी जुलुस निकालेर विरोध गरेका छन्।

Share Now

Leave a comment.