Prakash Adhikari July 6, 2018

काठमाडौं,२२ असार । सरकारले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलालगायतका क्षेत्रलाई सर्वोच्च अदालतले फुकुवा गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्नका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

बिहिबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले गरेको निर्णय गैर संवैधानिक र गैरकानुनी भन्दै सर्वोच्च अदालतमा हालेको रीटमा ईश्वरीप्रसाद खतिवडाको एकल इजलासले सुनुवाई गर्दै असार २९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साउन १ गतेबाट लागू हुने गरी सरकारले ल्याएको सो निर्णय कार्यान्वयन हुने अवस्थामा रहेकोमा सर्वोच्चले असार २९ गते दुवै पक्षलाई यस विषयमा छलफलका लागि उपस्थित हुने आदेश दिएको छ ।

सरकारले काठमाडौंको माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाइने निर्णय गरेको मा यो निर्णय गैरकानुनी रहेको भन्दै अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
अदालतको अर्को आदेश नआउञ्जेल माइतीघर मण्डलालगायतका नयाँ निषेधित क्षेत्रमा पूर्ववत प्रदर्शन गर्न पाइनेछ ।

Share Now

Leave a comment.