काठमाडौं ८ वैशाख, । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् सांसद धवलसमशेर राणालाई हाजिरी जमानीमा रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई आइतबार राति हाजिरी जमानीमा रिहा गरेको हो ।
राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उहाँको मुखमा क्यान्सर लागेकाले हाजिरी जमानीमा रिहा गरी पत्नीलाई जिम्मा लगाइएको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उहाँ र राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पक्राउ गरेर राजकाज मुद्दा लगाइएको थियो ।


















