Prakash Adhikari April 22, 2025

काठमाडौँ, ९ वैशाख : राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् ।

एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई धन्यवादसमेत दिए । उनी नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा नेपाल आएका हुन् ।

कार्लोसले बुधबार दशरथ रङ्गशालामा हुने पोखरा र धनगढीबीच हुने दोस्रो क्वालिफायरको खेल हेर्न जाने तय भएको । सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाडी थिए । त्यसअघि ब्राजिलले सन् १९९८ मा विश्वकप फुटबलको फाइनल खेल खेल्दा पनि कार्लोस आफ्नो टोलीको मुख्य खेलाडी थिए

सायद ८ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छसायद ३ जना मानिसहरू  र '国本通 V NEPAL NEPALSUPER SUPER LEAGUE 2025' भन्ने पाठ को फोटो हुनसक्छसायद ८ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू, टेबल  र भिड को फोटो हुनसक्छ
–––

Share Now