Prakash Adhikari April 27, 2025

स्तानबुल(टर्की), १४ वैशाख । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवाद (२०२५ मा सहभागी हुन आग्रह गर्नुभएको छ । ।

टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) वार्षिक सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन आमन्त्रण गर्नुभएको हो ।

आगामी सगरमाथा संवाद २०२५ को प्रवर्द्धन गर्दै सम्मेलनको क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत सम्पन्न भएको छ ।

जसअन्तर्गत ‘टुरिजम् ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रमहरूमा सहकार्य गरिनेछ । त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभएको  छ । यस मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाहरूको प्रवर्द्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ ।

उहाँले भन्नुभयो, “हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिन सक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ ।” “सदाको लागि ज्ञान, भविष्यका लागि दिगोपन” भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दीगो भविष्य निर्माण’  विषयमा मन्तव्य दिंदै सीईओ जोशीले नेपालको इको–टुरिज्म मोडल, समुदाय-आधारित पर्यटन अभ्यास, र प्रमुख दिगो पहलहरूको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गर्नुभयो ।

त्यसैगरी सीईओ जोशी नेतृत्वको बोर्डको प्रतिनिधिमण्डलले ुग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिलु का प्रमुख कार्यकारी अधिकृत डा। र्‍याण्डी डर्ब्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणिकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति भएको सीईओ जोशीले जानकारी गराउनुभएको छ ।

सम्मेलन अवधिभर बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्हरूसँग विभिन्न छलफल र बैठकहरू गरेको छ । सम्मेलनका क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यको रूपमा पुनःस्थापना गर्ने रणनीतिलाई सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

Share Now